कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

पहिरोले अवरुद्ध जिरो किलो-मेलम्ची सडक एकतर्फी सञ्चालनमा

भाद्र ९, २०८१
पहिरोले अवरुद्ध जिरो किलो-मेलम्ची सडक एकतर्फी सञ्चालनमा

काभ्रे — पहिरोले अवरुद्ध भएको जिरो किलो-मेलम्ची सडक खण्ड  एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आइतबार बिहान ६:०५ बजेतिर काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४, फेदीस्थित जिरो किलो मेलम्ची सडकखण्डमा पहिरो खसेको थियो ।

सडक दुईतर्फी सञ्चालन गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : भाद्र ९, २०८१ ०८:०७
x
×