कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

पहिरोले  जिरो किलो-मेलम्ची सडक खण्ड अवरुद्ध 

भाद्र ९, २०८१
पहिरोले  जिरो किलो-मेलम्ची सडक खण्ड अवरुद्ध 

काभ्रे — पहिरोले जिरो किलो- मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ । आइतबार बिहान ६:०५ बजेतिर काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४, फेदीस्थित जिरो किलो मेलम्ची सडकखण्डमा पहिरो खसेको हो ।

पहिरोका कारण जिरो किलो-मेलम्ची सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा प्रहरी टोली खटिई स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:४३
x
×