कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

पहिरो पन्छाएर अरनिको राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन 

भाद्र ९, २०८१

काभ्रे — सुख्खा पहिरोसहित रुख ढलेर अवरुद्ध भएको अरनिको  राजमार्गमा दुईतर्फी  यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आइतबार बिहान ४:२० बजेतिर काभ्रेपलान्चोको भुम्लु गाउँपालिका वडा नम्बर ८, बन्देउ डाँडास्थित अरनिको राजमार्गमा सुख्खा पहिरोसहित रुख ढल्दा बाटो दुईतर्फी नै बन्द भएको थियो ।

पहिरोले अवरुद्ध भएको सडकमा पहिरो पन्छएर बिहान ८ बजेबाट दुईतर्फी यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : भाद्र ९, २०८१ ०८:१९
x
×