कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

सुख्खा पहिरोसहित रुख ढलेर अरनिको राजमार्ग दुईतर्फी ठप्प

भाद्र ९, २०८१

काभ्रे — अरनिको राजमार्गमा सुख्खा पहिरोसहित रुख ढल्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आइतबार बिहान ४:२० बजेतिर काभ्रेपलान्चोको भुम्लु गाउँपालिका वडा नम्बर ८, बन्देउ डाँडास्थित अरनिको राजमार्गमा सुख्खा पहिरोसहित रुख ढल्दा बाटो दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार उक्त स्थानमा पहिरो झरिराखेका कारण हटाउन कठिन भएको छ । पहिरो हटाउन केही समय लाग्ने उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:३०
x
×