कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयद्वारा आगजनी

श्रावण २, २०८१
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयद्वारा आगजनी

चितवन — चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो २ : १० बजे भरतपुर महानगरपालिका-७ मनकामना चोक पुगेको वाग्मती प्रदेश-०१- ०३० च ७१९० नम्बरको कारमा आगजनी भएको डिएसपी भेषराज रिजालले जानकारी दिए । 

उनका अनुसार गाडीमा सर्भेका लागि गएका रेल विभागका कर्मचारी सवार थिए । 'गाडीमा दुई जना मान्छे थिए । तर उहाँहरु सकुशल हुनुहुन्छ,' डिएसपी रिजालले भने, 'गाडीमा भने आगजनी भएको छ ।'

गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो।

प्रकाशित : श्रावण २, २०८१ १५:५७
×