कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

रामेछापमा बालिका बलात्कृत

भाद्र ७, २०७७
रामेछापमा बालिका बलात्कृत

रामेछाप — रामेछापको उमाकुण्ड १ गुम्देलकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गत बुधबार गुम्देलको टाङदिङको घरमा बसिरहेकी ती बालिका बलात्कृत भएकी हुन् ।

घटनामा सम्लग्न भएको आरोपमा तेह्रथुम फेदाप १ घर भई लिखु १ जलविद्युतमा काम गर्दै आएका २० वर्षीय युवक यमकुमार योगीलाई प्रहरीले पक्राउ गरेको छ । योगीलाई आयोजना स्थानबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार पक्राउ परेका योगीलाई ७ दिन थुनामा राखि अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

प्रकाशित : भाद्र ७, २०७७ १८:२०
x
×