कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सिरहाबाट ८ केजी चाँदीका गहनासहित एक जना पक्राउ 

भाद्र १७, २०८१
सिरहाबाट ८ केजी चाँदीका गहनासहित एक जना पक्राउ 

सिरहा — सिरहाबाट चाँदीका अवैध गरगहनासहित एकजना पक्राउ परेका छन् । प्रहरीले आइतबार साँझ लहान नगरपालिका-७ बाट एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-५ का ३० वर्षीय दीपेन्द्र बिक छन् । प्रहरीले उनको साथबाट झण्डै साढे १० लाखको चाँदीका गरगहना बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय, लहानको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा उनले बोकेको कालो रंगको झोलाबाट स्रोत नखुलेको १० लाख ४० हजार बराबरको अन्दाजी ८ केजी चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको तथा थप अनुसन्धानका लागि पक्राउ परेका मानिस र गरगहना राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

प्रकाशित : भाद्र १७, २०८१ १६:०२
x
×