कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नागरिकलाई सहज हुने गरी सेवा प्रवाह गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

भाद्र १४, २०८१
नागरिकलाई सहज हुने गरी सेवा प्रवाह गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

राजविराज — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीले असीमित आवश्यकता र सीमित साधनस्रोतबाट राज्यले दिएको जिम्मेवारी पूरा गर्दै आएको बताएका छन् ।

शुक्रबार सप्तरीको बरमझियामा दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले सीमा सुरक्षासहित राजश्व चुहावट नियन्त्रण गर्दै राष्ट्रिय अर्थतन्त्रमा समेत सशस्त्र प्रहरीले योगदान गरिरहेको बताए ।

उनले नागरिकलाई सजिलो र शान्ति महसुस हुने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए । कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले समेत धारणा राखेका थिए ।

प्रत्येक प्रदेशमा एक तालिम शिक्षालय रहने व्यवस्थाअनुसार मन्त्रिपरिषद्को २०७५ जेठ २० गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपालको दन्तकाली विशेष कार्य तालिम शिक्षालय नामाकरण भएको थियो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समादेशकसहित १ सय २८ जना जनशक्ति रहेको शिक्षालयले विशेष प्रकृतिका तालिम संचालन गर्दै आइरहेको छ । शिक्षालयले हाल नक्सा अध्ययन, ड्रिल प्रशिक्षक, प्रतिविद्रोह, प्रतिआंतकवाद, हुलदंगा व्यवस्थ्यापन, फायर फाइटिङ, पीटी, विल्लादार तथा सशस्त्र प्रहरी जवान आधारभूत तालिम समेत संचालन गर्दै आइरहेको छ ।

प्रकाशित : भाद्र १४, २०८१ १६:२०
x
×