कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सवारी चोरी गरेको आरोपमा एक भारतीयसहित चारजना पक्राउ 

भाद्र १२, २०८१
सवारी चोरी गरेको आरोपमा एक भारतीयसहित चारजना पक्राउ 

रौतहट — ईशनाथ र राजपुर नगरपालिकाबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय छन् । उनीहरूलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरी गरेको आरोपमा भारतको बिहार मोतिहारी भायाग्राम पंचायत १० बस्ने २२ वर्षीय कामेश्वर महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

महतोले ईशनाथ नगरपालिका-२ का संजय साहको घरबाट बुधबार बिहान ३ बजेको समयमा बीआर ०५ बीडी ९६५४ नम्बरको मोटरसाइकल चोरी गरी भारततर्फ लैजाँदै गरेका अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले महतोलाई चोरी सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धान थालेको छ ।

त्यस्तै, राजपुर नगरपालिकाबाट साइकल चोरी गरेको आरोपमा स्थानीय बिगन सहनी, सुभाष साह र प्रमोद सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।

उनीहरुले राजपुर नगरपालिका-९ बैरियास्थित शेखमोर सलिमको घरको कम्पाउण्डबाट दुई वटा साइकल चोरेर लगेका थिए । तीनैजना मिलेर साइकल चोरेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरिक्षक गुप्ताले बताए ।

प्रकाशित : भाद्र १२, २०८१ १९:२६
x
×