कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

लागू औषधसहित महिला पक्राउ 

भाद्र १०, २०८१
लागू औषधसहित महिला पक्राउ 

पर्सा — प्रहरीले वीरगन्जबाट एक महिलालाई लागू औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा महानगरपालिका–११ भर्‍याङ टोलकी २३ वर्षीया सुस्मिता परियार छिन् । उनलाई शनिबार साँझ नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगन्ज भन्सार गेटबाट पक्राउ गरेको हो । 

शंकास्पद अवस्थामा भारतको रक्सौलबाट वीरगन्ज तर्फ पैदल आउँदै गरेकी परियारलाई प्रहरीले रोकी खानतलासी गर्दा उनले तीघ्रामा सेतो टेपले बेरी लुकाईछिपाई राखेको अवस्थामा विभिन्न प्रकारका प्रतिबन्धित लागू औषध फेला परेका थिए ।

उनको साथबाट नुफिन –१० एम्पलु, फेनारगेन –१० एम्पलु र डाइेजपाम–१० एम्पुल फेला परेको थियो । उनीविरुद्ध लागू औषधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी आवश्यक अनसन्धान कार्य भइरहेको पर्सा प्रहरीको प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

प्रकाशित : भाद्र १०, २०८१ ११:२८
x
×