कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

टाटा सुमोसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

भाद्र १०, २०८१
टाटा सुमोसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

रौतहट — चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा सोमबार टाटा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटना लगत्तै टाटा सुमोको चालक फरार भएका छन् । प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ । 

चन्द्रपुर-४ स्थित धन्सार पुल नजिक पश्चिमबाट पूर्व जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ्गको सुन्दरहरैँचा नगरपालिका–११ का बिबस बाँस्कोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए।

दुर्घटनामा दुबैजना गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारको लागि चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी राईले बताए । टाटा सुमो इलाका प्रहरी चन्द्रिनिगाहपुरको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको छ ।

प्रकाशित : भाद्र १०, २०८१ १८:१४
x
×