कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मृत भेटिए

भाद्र ९, २०८१
रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मृत भेटिए

धनुषा — महोत्तरी रामगोपालपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा आइतबार बिहान भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यादवलाई जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका-८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको हो ।

उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हो । उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


प्रकाशित : भाद्र ९, २०८१ ०९:०४
x
×