कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

नेपाली तीर्थालु सवार बस भारतको समस्तीपुरमा दुर्घटना, ४७ जना घाइते

भाद्र ९, २०८१
नेपाली तीर्थालु सवार बस भारतको समस्तीपुरमा दुर्घटना, ४७ जना घाइते

बारा — बारा जिल्लाको बारागढी गाउँपालिका-३ मुर्कीपालिया गाउँबाट तीर्थालु लिएर भारत हिँडेको बस विहार राज्यको समस्तीपुरस्थित मिश्री घडारीमा आइतबार दुर्घटना हुँदा ४७ जना घाइते भएका छन् । त्यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । 

समस्तीपुरको सरकारी सदर र वीवन अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । पिप्रा बसतपुर गाउँबाट ना७ख ६४४६ नम्बरको उक्त बस रिजर्भ गरी उनीहरु तीर्थयात्रामा निस्केका थिए ।

झारखण्ड राज्यको बाबाधामतर्फ निस्केको बसलाई ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको मुर्कीपालिका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अमित कार्कीले बताए । उनकाअनुसार ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । मुर्कीपालिया गाउँका पूर्वशिक्षक महेन्द्र साह कानुले दुर्घटनामा परेका नेपाली तीर्थ यात्रुको उपचारमा सहयोग पुर्‍याउन सरकारसित आग्रह गरे । ‘विहार सरकारसित समन्वय गरी नेपाली दूतावासमार्फत सहयोग आवश्यक छ,’ उनले भने ।

प्रकाशित : भाद्र ९, २०८१ १७:३४
x
×