कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने

भाद्र २०, २०८१
तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने

ताप्लेजुङ — तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ ।

तिम्बुङपोखरी संरक्षण समितिको आयोजनामा भदौ २६ मा उक्त कार्यक्रम हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ४२ सयदेखि ४३ सय ५० मिटर उचाइमा ८ किलोमिटर दौडको आयोजना गर्न लागिएको हो ।

कालिखोलादेखि तिम्बुङ पोखरीसम्मको अल्ट्रा म्याराथन गराउने योजना आयोजकको भए पनि यस वर्ष तयारी नपुगेकाले ८ किलोमिटर दाैडको आयोजना गर्न लागेको आयाेजकको दाबी छ ।

प्रकाशित : भाद्र २०, २०८१ १३:०१
x
×