कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पाँचथर बम विस्फोटमा घाइते भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं लगियो 

भाद्र १९, २०८१
पाँचथर बम विस्फोटमा घाइते भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं लगियो 

पाँचथर — पाँचथरको फालेलुङ–५ प्राङवुङको डाँडागाउँमा गत बिहीबार बम विस्फोट हुँदा घाइते भएका दुई जना बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

घाइते पवन राई र दिप्सन राईलाई काठमाडौंको बर्न हस्पिटलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।

भदौ १३ गते भएको विस्फोटमा परी घाइते भएका पवनलाई गत शुक्रबार र दिप्सनलाई शनिबार पाँचथर अस्पतालबाट कोशी अस्पताल विराटनगरमा थप उपचारका लागि पठाइएको थियो ।

अविभावकले उपचारको प्रक्रिया पूरा नगरी पाँचथर नै फर्काएपछि पवनको घाउमा संक्रमण देखिएको भन्दै जिल्ला अस्पतालका चिकित्सकले सुविधासम्पन्न अस्पताल लैजान सुझाउँदै आएका थिए ।

यसैबीच विरानगरबाट आएका मानव अधिकारवादी संस्थाहरू इन्सेक र सिविनका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमख,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र बालकका अविभावकबीचको समन्वयपछि बुधबार विहान ४ बजे काठमाडौं पठाइएको डीएसपी भण्डारीको भनाइ छ ।

उनीहरूलाई काठमाडौंसम्म पुग्ने यातायात र हवाई भाडा फालेलुङ गाउॅपालिकाले बेहोर्ने र कीर्तिपुरको बन हस्पिटलमा उपचारको प्रबन्ध सिविनले मिलाउने भएको छ ।

फालेलुङ–५ का माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा भएको विस्फोटमा ११ वर्षीय दिप्सन सावाँ र उनकी साढे २ वर्षकी वर्षीय बहिनी प्रिन्साको ज्यान गएको थियो ।

प्रकाशित : भाद्र १९, २०८१ ०७:४४
x
×