कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

लागूऔषधसहित तीन जना पक्राउ

भाद्र १९, २०८१

काठमाडौँ — विभिन्न लागूऔषधसहित धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिधुवाको एक चिया पसलमा रहेका एक महिला र दुई युवालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा छथर जोरपाटी-५ का २२ वर्षीय लक्षु शेर्पा, मोरङको सुन्दरहरैंचा नगरपालिका ८ का २१ वर्षीय प्रवेश लिम्बू र वडा नम्बर ९ की २० वर्षीया सलिना क्षेत्री रहेका छन् ।

उनीहरुको साथबाट लागूऔषध ट्रामाडोल ६५ र डेकोलिक ७६ गोटी फेला परेको जनाइएको छ । प्रहरीका अनुसार शंका लागेर जाँच गर्नेक्रममा उनीहरुको साथबाट ती लागूऔषध फेला परेको हो ।

हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ १९:०६
x
×