कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

कावेली खोलामा वेवारिसे शव फेला

भाद्र १७, २०८१
कावेली खोलामा वेवारिसे शव फेला

पाँचथर — हिलिहाङ गाउँपालिका-२ सिरुपास्थित कावेली खोलामा डुबिरहेको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ ।

फेला परेको पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार अपरान्ह स्थानीयले पानीमा डुबिरहेको अवस्थामा शव भेटेर खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुपेश तामाङको कमाण्डमा प्रहरी टोली खटाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताए ।

उनका अनुसार भेटिएका पुरुष गहुँ गोरो वर्ण, खरानी रङको भेष्ट र अण्डर वेयर लगाएको अवस्थामा मृत भेटिएका छन् ।

प्रकाशित : भाद्र १७, २०८१ १८:५०
x
×