कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

घाँस काट्न गएकी महिलाको लडेर मृत्यु 

भाद्र १७, २०८१
घाँस काट्न गएकी महिलाको लडेर मृत्यु 

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका-५ की लक्षिमा तामाङको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । 

उनको आइतबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी बिहान खाना खाएपछि घर नजिकै जंगलमा घाँस काट्न गएका बखत लड्दा ज्यान गएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट गएका प्रहरी निरिक्षक रुपेश तामाङको टोलीले घटनास्थलको प्रकृति मुचुल्का तयार गरी जिल्ला अस्पतालमा ल्याएर पोष्टमार्टम पश्चात उनको शव आफन्तलाई बुझाइएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ २१:४९
x
×