कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

थामेका बाढीपीडितका लागि ६६ लाख राहत संकलन

भाद्र १४, २०८१
थामेका बाढीपीडितका लागि ६६ लाख राहत संकलन

खोटाङ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका बाढीपीडितका लागि आर्थिक सहयोग संकलन भएको छ । गाउँपालिकाले जारी गरेको सूचना अनुसार ६६ लाख बढी सहयोग संकलन भएको हो ।

गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले गाउँपालिकाको राहत कोषमा अहिलेसम्म ६६ लाख रुपैयाँ संकलन भएको बताए ।

उनका अनुसार काठमाडौं महानगरपालिकाबाट २० लाख, रोटरी क्लब काठमाडौंबाट २ लाख ७५ हजार, हिमालयन ट्रष्ट नेपालबाट ३५ लाख, पासाङल्हामु फाउण्डेशनबाट ५ लाख, पाङबोचे गाउँबाट संकलन भएको ३ लाख ४४ हजार ३ सय ५५ र विभिन्न व्यक्तिबाट १६ हजार एक सय गरी ६६ लाख ३५ हजार ४ सय ५५ रूपैयाँ राहत संकलन भएको हो ।

उक्त रकमबाट विस्थापित परिवारलाई तत्काल न्यूनतम सुविधासहितको राहत वितरण, पुनःस्थापना, क्षतिग्रस्त संरचनाहरू पुनः निर्माण, खुम्बु क्षेत्रमा रहेका हिमताल, हिमनदीहरूको सम्भावित जोखिमको अध्ययन लगायतमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

यसअघि प्रदेश सरकारले लत्ताकपडा र उद्योग वाणिज्य संघ सोलुखुम्बुले ५२ हजार रूपैयाँ सहयोग गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् ।

प्रकाशित : भाद्र १४, २०८१ २०:४१
x
×