कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

निर्मला कुर्मीको न्यायका लागि बालुवाटार मार्च [तस्बिरहरू]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — बाँकेकी निर्मला कुर्मीलाई न्याय दिनुपर्ने माग गर्दै धर्नारत महिला अधिकारकर्मीहरूले आइतबार बालुवाटार मार्च गरेका छन् । भदौरे झरीकाबीच धर्नारत  महिला अधिकारका लागि राष्ट्रिय अभियानका अभियन्ताहरू, महिला अधिकारकर्मी र नागरिक अगुवाहरूले माइतीघरदेखि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नजिकैसम्म पैदल मार्च गरेका हुन् । 

विगतमा पनि पटक-पटक धर्ना र संघर्षपूर्ण आन्दोलनका कार्यक्रमहरू गर्दै आएका उनीहरूसँग कुर्मीलाई न्याय दिलाउने भन्दै सरकारले सहमति गरेको थियो । तर उक्त मुद्दा अदालतमा पठाउनुको सट्टा सो मुद्दाका मुख्य अभियुक्तलाई नै लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनाइएको भन्दै महिलाहरूले पुन: धर्ना सुरु गरेका हुन् ।  सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार असंवेदनशील भएको भन्दै उनीहरूले धर्ना दिँदै आएका छन् । 

महिला अधिकारकर्मी रुबी खानसहित बाँकेका महिलाहरूको टोलीले कुर्मीको हत्यामा संलग्न भएको आरोप लागेका कांग्रेस नेता बादसाह कुर्मीलाई सरकारले कारबाही गर्नुको सट्टा मन्त्री बनाएर पुरस्कृत गरेको भन्दै नियमित खबरदारी गर्दै आएका छन् । कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको छ । कुर्मीले साउन ९ गते बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए।

प्रकाशित : भाद्र १६, २०८१ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्