कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दाउन्नेमा यात्रा कष्टकर [तस्बिरहरु]

नारायण शर्मा

पूर्वीनवलपरासी — महेन्द्र राजमार्ग हुँदै पूर्व-पश्चिम हिँड्ने यात्रुलाई दाउन्ने खण्डको यात्रा कष्टकर भएको छ । फराकिलो पार्न भन्दै भत्काएर छोडेको सडकमा ठुल्ठूला खाल्डाखुल्डी, धूलो र हिलोका कारण यातायातका साधन सञ्चालन र यात्रुले सास्ती खेप्नु परेको हो ।

दाउन्नेमा धुलाम्य कच्ची सडक र एक दर्जनभन्दा बढी घुम्तीका कारण अघिल्तिरको गाडी नदेखिने समस्याले दुर्घटनाको जोखिम रहेको चालकहरु बताउँछन् । दुई पांग्रे र साना गाडी अघिल्तिरको गाडी नदेखेर राजमार्गमा हर्न बजाएर बस्नपर्ने अवस्था छ । सडकमा रहेका गाडीका चालकले आफू सडकमा रहेको जनाउ दिन हर्न बजाउन र दिउँसै बत्ति बाल्न पर्ने अवस्था छ ।

'दाउन्नेको १४ किलोमिटर सडक खण्ड पार गर्न २ घण्टाभन्दा बढी समय लाग्छ,' धनगढीबाट काठमाडौं जाँदै गरेका धिरज जोशी भन्छन्, 'राजमार्गको यो हविगत र बिजोग भएको ६ वर्ष पूरा भैसक्यो । दाउन्नेमा सरकार किन देखिन्न ?' जिल्ला ट्राफिक प्रहरीको तथ्यांकमा यो राजमार्ग भएर दैनिक १७ हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्छन् ।

प्रकाशित : भाद्र १५, २०८१ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्