कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

निगमको उडान रद्द भएपछि काठमाडौं विमानस्थलमा अलपत्र यात्रुहरु [तस्बिरहरु]

शब्द, तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौँ — नेपाल वायु सेवा निगमका दुई न्यारोबडीमध्ये ‘सगरमाथा’ नामको जहाजको हाइड्रोलिक मर्मत गर्नुपर्ने भएकाले मंगलबारदेखी काठमाडौंमा ग्राउन्डेड गरिएको छ । नारिता, क्वालालमपुर, बैंकक, हङकङ, बैङलुरु, मुम्बई, दिल्ली, दोहा, दुबई र दमाममा निगगमका दैनिक उडान नभएपनि साताको आधारमा हुने उडानको चाप न्यारोबडीमध्ये ‘लुम्बिनी’ जहाजमा आइपरेको छ ।

जहाजको कमीका कारण निगमले एक सातायता नियमित उडानहरु रद्द गर्ने, मर्ज गर्ने, ढिलाइ गर्दै आइरहेको छ । विमानस्थलस्थित निगमको कार्यालयका अनुसार, बुधबार राति १०:२५ को काठमाडौं-दमाम उडान रद्द भएको छ । यो उडान रद्द भएसँगै दुबैतर्फ रोकिएका ३ सय यात्रु अलपत्र परेका छन् । ‘आजको दमाम उडानलाई बिहीबार बिहान १०:३० मा रिसेडियुअल गरिएको छ,’ मार्केटिङ विभागका एक अधिकारीले भने,‘काठमाडौं र दमाममा रोकिए यात्रुलाई होटलमा राख्ने, विमानस्थल आइनसकेकालाई फोन गरेर भोलि बोलाइएको छ ।’

प्रकाशित : भाद्र १२, २०८१ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्