कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

आँबुखैरेनी दुर्घटनामा उद्धारका ७ घण्टा [तस्बिरहरू]

हरिराम उप्रेती

आँबुखैरेनी — तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । १६ जना घाइते छन् । युपी ५३ एफटी ७६२३ नम्बरको बस ऐनापहरा नजिकैको सडकबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ । शुक्रबार दिनभर घाइतेको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । दुर्घटनामा मृत्यु भएका र घाइतेको उद्धार गर्न झण्डै ७ घण्टा लागेको थियो । भारतको महाराष्ट्रबाट आएका पर्यटक शुक्रबार बिहान ५ बजे पोखराबाट काठमाडौंका लागि हिँडेका थिए ।

मुम्बइबाट गोरखपुर हुँदै आएका पर्यटकहरु ६ दिनसम्म नेपाल घुम्ने योजनामा थिए । गोरखपुरको केशरवानी परिवहन ट्राभल्सको बस बुक गरेर लुम्बिनी हुँदै नेपाल भ्रमणमा आएका पर्यटक दुर्घटनामा परेका हुन् । पोखराबाट पशुपति दर्शनका लागि निक्लिएका उनीहरुले शुक्रबार साँझ काठमाडौं गौशालामा बसोबासका लागि होटलसमेत ‘बुकिङ’ गरेका थिए ।

के कारणले दुर्घटनाको भयो खुलिनसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दिपककुमार रायले बताए । ‘दुर्घटनाका कारण खुलिसकेको छैन, आज दिनभर उद्धारमा लाग्यौं, यस पछि अनुसन्धान सुरु हुन्छ,’ उनले भने । उद्धारमा सुरक्षाकर्मी र स्थानीय गरी दुई सयभन्दा बढी खटिएका थिए ।

प्रकाशित : भाद्र ७, २०८१ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्