कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

दुई ठूला दल मिल्नु अनिष्ट र विनाशको संकेत : राउत

आश्विन ३, २०८१
दुई ठूला दल मिल्नु अनिष्ट र विनाशको संकेत : राउत

तिलोत्तमा — जनमत पार्टीका अध्यक्ष सीके राउतले दुई ठूला पार्टी मिलेर बनेको सरकारले अनिष्ट र विनाशको संकेत गरेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गरेर समानुपातिक प्रणाली खारेज गर्न लागि परेको बताए । 

रुपन्देहीको भैरहवामा बिहीबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई पार्टीमात्र रहने निर्वाचन प्रणाली ल्याउन अहिलेको गठबन्धन बनेको दाबी गरे । 'कांग्रेस र एमाले आकाश र पातालजस्तै हुन्,' उनले भने, 'स्वार्थका लागि मिले देश विकासका लागि होइन ।'

राउतले संविधानमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता पाइएकाले यो उपलब्धिको कदर गर्नुपर्ने बताए । मधेश आन्दोलन, नाकाबन्दी र विभिन्न आन्दोलनका बाबजुद बन्दुकको बलमा संविधान जारी भएको भन्दै राउतले संविधान दिवसलाई पार्टीले कालो दिनका रुपमा मनाउँदै आएको बताए ।


प्रकाशित : आश्विन ३, २०८१ २१:१०
×