कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

शिक्षा दिने तरिका ठीक भएन, बदल्नुपर्छ : प्रधानमन्त्री

आश्विन २, २०८१
शिक्षा दिने तरिका ठीक भएन, बदल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्ने बताए । शिक्षाको परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए ।

‘सबै शिक्षा क्षेत्रमा लिड गरिरहेका, काम गरिरहेका साथीहरुलाई म भन्न चाहन्छु, हाम्रो नयाँ पुस्ताका बालबालिकाहरु लद्दु छैनन्, असक्षम छैनन् । पढ्न नसक्ने, नजान्ने छैनन्, अन्तै केही कमजोरी छ, जो खोज्नुपर्छ । विद्यार्थी फेल भएका होइनन्, विद्यार्थी फेल बनाइयो, फेल भए । किन फेल भए ? विद्यार्थीको कारणले फेल भएनन् । तिनीहरुको जे विषयमा ट्यालेन्सी छ, त्यो चिनिएन । एउटा रुची भएकालोई अर्कै शिक्षा दिइयो । शिक्षा दिने तरिका भएन । जसले गर्दा उसले सिक्न सकेन' प्रधानमन्त्री ओलीले भने ।

शिक्षालाई एकदम जगैदेखि, बालबालिकाको तहदेखि मजबुत आधारको रुपमा दिनुपर्ने उनले बताए । 'अहिलेको विद्यमान शिक्षाको पछौटेपनलाई हटाउन सरकारको तर्फबाट म भन्न चाहन्छु, सरकार लागि परेको छ । आज राष्ट्रिय शिक्षा दिवसको अवसरमा अब खासगरी शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्नेछ । परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँछु’ प्रधानमन्त्री ‌ओलीले भने।

प्रकाशित : आश्विन २, २०८१ १४:०२
x
×