कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

सहकारी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌मा

आश्विन २, २०८१
सहकारी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌मा

काठमाडौँ — प्रतिनिधिसभाको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पठाइएको छ ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले मन्त्रिपरिषद्को बुधबार बस्ने बैठकबाट कार्यान्वयनमा लैजाने निर्णय हुने भएकाले प्रतिवेदन पठाइएको समितिका एक सदस्यले जानकारी दिए ।

समितिले भदौ ३१ को प्रतिनिधिसभा बैठकमा सभापति सूर्य थापाले पेस गरेका थिए । सोही बैठकमा सभामुख देवराज घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएको थियो ।

संसद्ले दिएको निर्देशन बमोजिम सचिवालयले प्रतिवेदनको पूर्णपाठ मन्त्रिपरिषद्‌मा पठाएको हो । मन्त्रिपरिषद्को बैठक बुधबार साँझ बस्ने भएकाले प्रतिवेदन पठाइएको हो । प्रतिवेदनमा गरिएका सिफारिसअनुसार कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायमा पठाउने निर्णय गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : आश्विन २, २०८१ १८:२७
x
×