कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

रास्वपा प्रतिवेदन : कांग्रेस-एमाले साना दलको अस्तित्व मेटाउन लागे, वैकल्पिक शक्तिबीच ध्रुविकरण आवश्यक

आश्विन २, २०८१
रास्वपा प्रतिवेदन : कांग्रेस-एमाले साना दलको अस्तित्व मेटाउन लागे, वैकल्पिक शक्तिबीच ध्रुविकरण आवश्यक

काठमाडौँ — राप्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमाले साना दलको अस्तित्व मेटाउने योजनामा रहेको आरोप लगाउँदै वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुविकरणको प्रस्ताव  पारित गरेको छ ।

रास्वपाको दुई दिन काठमाडौंमा चलेको प्रथम राष्ट्रिय भेलाले सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पास गर्दै वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने प्रस्ताव अघि बढाएको हो ।

'सरकार सहयात्री कांग्रेस र एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेकाले राजनीतिक ध्रुविकरणको आधार बन्दै गएको छ । व्यवस्थापकीय सुधार र राजनीतिक स्थिरताको बहनामा उनीहरू साना दलको अस्तित्व मेटाउने योजनामा छन् । संभावित यो कदमले वैकल्पिक राजनीतिक शक्ति बन्न चाहने नयाँ दल र शक्तिहरूलाई ढिलो-चाँडो सहकार्यका लागि एकै ठाउँमा ल्याउन सक्छ' प्रतिवदेनमा छ,''वाद' र 'विचार'को संक्रिणता नरहेको, देश-जनताको हितलाई केन्द्रमा राखेको तथा गुण-दोषका आधारमा संघर्ष र सहकार्यको नीति रहेका कारण वैकल्पिक राजनीतिक शक्ति निर्माणको अगुवाई हामी गर्न सक्छौं ।'

राष्ट्र, राष्ट्रियता र जनजीविकाका मुद्दामा सहकार्यसहित लोकतान्त्रिक अभ्यासविरुद्ध हुन सक्ने चलखेल र राज्य र सरकार सिर्जित विकृति- विसंगतिको खबरदारीका लागि सार्थक मोर्चाबन्दी जरुरी रहेको पारित प्रस्तावमा छ । 'त्यसैले, 'वाद' र 'विचार'को संकीर्णता नरहेका दल, शक्ति, समूह र व्यक्तिलाई ध्रुविकरण प्रक्रियाबारे गहन छलफलका लागि आह्वान गर्दछु ।'

प्रकाशित : आश्विन २, २०८१ २०:०७
x
×