कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

गृह मन्त्रालयद्वारा ३६ उपसचिवको पदस्थापन र सरुवा [सूचीसहित]

आश्विन २, २०८१
गृह मन्त्रालयद्वारा ३६ उपसचिवको पदस्थापन र सरुवा [सूचीसहित]

काठमाडौँ — गृह मन्त्रालयले बुधबार ३६ जना उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । मन्त्रालयले बुधबार ३६ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केही सहायक प्रमुख जिल्ला अधिकारीहरू फेरिएका छन् ।

मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

त्यस्तै, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

पदस्थापन तथा सरुवाको सूची




प्रकाशित : आश्विन २, २०८१ २०:३९
x
×