कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दुर्गा प्रसाईंको घरमा सादा पोसाकका प्रहरी

आश्विन २, २०८१
दुर्गा प्रसाईंको घरमा सादा पोसाकका प्रहरी

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरी खटिएको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनको निवासमा बुधबार साँझ सादा पोसाकका प्रहरी
परिचालन गरिएको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको छ । साँझ प्रसाईंले केही सञ्चारकर्मीसँग कुरा गर्दै आफूले अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन् ।

जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

प्रकाशित : आश्विन २, २०८१ २०:५१
x
×