कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

गाेरखा मिडियाको सेयर खरिद बिक्री किर्ते कागजका आधारमा : संसदीय विशेष समिति

भाद्र ३१, २०८१
गाेरखा मिडियाको सेयर खरिद बिक्री किर्ते कागजका आधारमा : संसदीय विशेष समिति

काठमाडौँ — सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा सेयर खरिद बिक्री किर्ते कागजकै आधारमा गरेकाे पाइएको निष्कर्ष निकालेको छ ।

समितिले संसद्लाई बुझाइएको प्रतिवेदनमा सेयर खरिद बिक्री र साधन, उपकरण खरिद गर्दा किर्ते गरेकाले आवश्यक कानुनी प्रबन्ध गर्न सरकारलाई सिफारिस गरेको छ ।

‘गोरखा मिडिया नेटवर्क प्रालि लगायतमा कम्पनीहरूमा सेयर खरिद बिक्री गर्दा कानुनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सो बमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र श्वेट सेयरसम्बन्धी कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने’ समितिको सुझाव तथा सिफारिसमा उल्लेख छ ।

प्रकाशित : भाद्र ३१, २०८१ १६:३७
x
×