कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

धोबीखोलाले बगायो ट्याक्सी, चालक सकुशल

भाद्र ३०, २०८१
धोबीखोलाले बगायो ट्याक्सी, चालक सकुशल

काठमाडौँ — हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट बा २ ज १७९२ नम्बरको ट्याक्सी धोबीखोलाले बगाएको छ । 

ट्याक्सीमा सवार चालक ३३ वर्षीय उर्गेन लामालाई भने सकुशल उद्धार गरिएको छ । खोलाले बगाएको ट्याक्सी थापाथलीस्थित वाग्मती नदी र धोवीखोलाको दोभानमा भेटिएको छ ।

ट्याक्सीलाई दोभानबाट बाहिर निकाल्ने प्रयास भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आइतबार साँझ काठमाडौं उपत्यकामा भारी वर्षा भएपछि नदी तथा खोलामा पानीको सतह बढेको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ २१:३६
x
×