कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

भाद्र ३०, २०८१

काठमाडौँ — राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।

विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । सांसद बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ । राईको समर्थकमा सांसद सुरेशकुमार आलेमगर छन् । विधायन व्यवस्थापन समितिकै सभापति पदमा सांसद तुलसाकुमारी दाहालको पनि उम्मेदवारी दर्ता भएको छ । दाहालको समर्थक र प्रस्तावकमा क्रमशः सांसद आनन्दप्रसाद ढुंगाना र सांसद भगवती न्यौपाने छन् । समितिको सभापतिमा यसअघि पनि राई नै थिए ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । शर्माको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरिमां) र समर्थकमा सांसद नरबहादुर विष्ट रहेका छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ २२:०६
x
×