कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी सर्वसम्मत

भाद्र ३०, २०८१
सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी सर्वसम्मत

काठमाडौँ — देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् ।

आइतबार ललितपुरमा सम्पन्न १८ औँ वार्षिक साधारण सभा एवम् आठौँ अधिवेशनले गिरीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

अधिवेशनले अध्यक्षसहित पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक सुवोधबाबु चिलुवालले जानकारी दिए । उनका अनुसार अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहरूमा खेमकुमारी पोखरेल, मिलन गाहा, नविननरसिंह नेपाली र गोपाल बराइली र महासचिवमा बन्दना दनुवार निर्वाचित भएका छन् ।

त्यस्तै, सविचमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी तथा केन्द्रीय सदस्यहरुमा पदम सुवेदी, अच्युत पौडेल, बलराम श्रेष्ठ, नविनराज पौडेल, कमला कँडेल, उर्वशी बस्न्यात, गिता चिमोरिया र हेमन्तबहादुर बिके निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपानेलाई सर्वसम्मत निर्वाचित गरेको छ । केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा सर्वसम्मत भएका छन् ।

अधिवेशनले सात वटै प्रदेश कार्यसमितिको नेतृत्व समेत चुनेको छ । जसअनुसार कोशी प्रदेश समितिको अध्यक्षमा टेकबहादुर खड्का, मधेस प्रदेश समितिको अध्यक्षमा उपासना तिवारी, बागमती प्रदेश समितिको अध्यक्षमा दीपक लामा, गण्डकी प्रदेश समितिको अध्यक्षमा ओमकार आचार्य, लुम्बिनी प्रदेश समितिको अध्यक्षमा नविन केसी, कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रतीक इच्छुक शर्मा र सुदुरपश्चिम समितिको अध्यक्षमा वेदप्रकाश तिमल्सैना निर्वाचित भएका छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ २०:२९
x
×