कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

एमाले सचिवालय बैठक सुरू

भाद्र २८, २०८१
एमाले सचिवालय बैठक सुरू

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो ।  

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेमात्र सुरू भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले बताए। अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् ।

प्रकाशित : भाद्र २८, २०८१ १५:१९
×