कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

संवैधानिक परिषद्‌को बैठक बालुवाटारमा जारी 

भाद्र २८, २०८१
संवैधानिक परिषद्‌को बैठक बालुवाटारमा जारी 

काठमाडौँ — संवैधानिक परिषद्‌को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । परिषद् बैठकले रिक्त हुन लागेको प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सम्भावना छ । 

बैठकमा संवैधानिक परिषद्‌का सबै सदस्यहरू उपस्थित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमात बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागी छन् ।

प्रधानन्यायाधीश श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् । प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ८ जना वरिष्ठम न्यायाधीशहरूको नाम परिषद्‌मा पठाएको छ । वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुडालको नाम परिषद्‌मा पुगेको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १८:५५
×