कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन - 'काममा तीव्रता दिनूस्'

भाद्र २७, २०८१
मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन - 'काममा तीव्रता दिनूस्'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई उक्त निर्देशन दिएका हुन् । उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए ।

'हामी कामलाई तीव्रता दिनेछौं । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम विस्तारै, विस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तीव्र गतिले काम अघि बढाउनुपर्ने छ । हाम्रो गतिमा तीव्रता चाहिन्छ । काममा योजनाबद्धता चाहिन्छ । पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ,' प्रधानमन्त्रीको निर्देशन थियो ।

उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए ।

मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले एउटा र अर्को मन्त्रालय बीचको कोर्डिनेसन गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ-आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए ।

प्रकाशित : भाद्र २७, २०८१ १६:५३
x
×