कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

धरहरा असोज ३ देखि सर्वसाधारणका लागि खुला गरिने

भाद्र २७, २०८१
धरहरा असोज ३ देखि सर्वसाधारणका लागि खुला गरिने

काठमाडौँ — भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै सामग्री प्रयोग भएको छैन ।

यस्तै, मन्त्रिपरिषद् बैठकले ४१ जना सहसचिवको सरुवा गरेको छ भने भौतिक पूर्वाधार तथा यातायात, खानेपानीलगायत मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

प्रकाशित : भाद्र २७, २०८१ २२:२४
×