कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बसले पैदलयात्रीलाई ठक्कर दिँदा बालकको मृत्यु 

भाद्र २१, २०८१
बसले पैदलयात्रीलाई ठक्कर दिँदा बालकको मृत्यु 

नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोटमा यात्रुवहाक बसले पैदल यात्रीलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् । 

गैँडाकोट नगरपालिका-१०, भैसाखोरीस्थित पूर्व-पश्चिम राजमार्गमा नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको यात्रुवहाक बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गैंडाकोट नगरपालिका-११ का पुष्पराज श्रेष्ठको छोरा ७ वर्षीय बिशाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । बिशाल मामाघरतर्फकी हजुरआमा श्रीमाया मानन्धरको साथ थिए । बसको ठक्करले श्रीमाया भने घाइते भएकी छन् ।

पेट र टाउकोमा चोट लागेको उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र २१, २०८१ २२:११
x
×