कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

राष्ट्रिय सभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिले लिए शपथ

भाद्र ३१, २०८१
राष्ट्रिय सभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिले लिए शपथ

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारमा आज आयोजित समारोहमा अध्यक्ष दाहालसमक्ष विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिएका हुन् ।

विषयगत समितिका सपभातिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । उनीहरु आजै भएको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

अध्यक्षले नवनिर्वाचित सभापतिलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाई ज्ञापन गरे । शपथ ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र राष्ट्रियस भामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु उपस्थिति थिए


प्रकाशित : भाद्र ३१, २०८१ १२:५१
x
×