समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै

रास्वपाका सभापति रवि लामिछानेसहित दोषी किटान

भाद्र ३१, २०८१

कान्तिपुर संवाददाता

Cooperative investigation report passed by the committee, submitted to the House of Representatives

काठमाडौँ — सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ । उक्त प्रतिवेदन जारी प्रतिनिधि सभाको बैठकमा सभापति सूर्य थापाले पेस गर्नेछन् ।

प्रतिवेदनलाई अन्तिम रुप दिन बसेको बैठक भर्खरै सकिएपछि समितिका सांसदहरू प्रतिनिधसभाको बैठकतर्फ लागेका छन् ।

हेर्नुहोस् सम्बन्धित समाचार

सभापति थापाले पार्टी भन्दामाथि उठेर  तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिए । बैठकको अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए ।

'प्रतिवेदनमा दोषीहरूलाई आफ्नो कारबाही र अपराधका भागिदार बनाउने सुझाव निष्कर्ष र सिफारिस छन्' सभापति थापाले भने । प्रतिवेदन१८ परिच्छेदमा छ । प्रतिवेदनमा सबै सदस्यले हस्ताक्षर गरेका छन् । Cooperative investigation report passed by the committee, submitted to the House of Representatives

 छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । त्यसपछि समितिको प्रतिवदेन अन्तिम रुप दिइ हस्ताक्षर गर्न सोमबार बैठक बसेको थियो । 

कान्तिपुर

Link copied successfully