कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै

भाद्र ३१, २०८१
समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै

Highlights

  • रास्वपाका सभापति रवि लामिछानेसहित दोषी किटान

काठमाडौँ — सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ । उक्त प्रतिवेदन जारी प्रतिनिधि सभाको बैठकमा सभापति सूर्य थापाले पेस गर्नेछन् ।

प्रतिवेदनलाई अन्तिम रुप दिन बसेको बैठक भर्खरै सकिएपछि समितिका सांसदहरू प्रतिनिधसभाको बैठकतर्फ लागेका छन् ।

हेर्नुहोस् सम्बन्धित समाचार

सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिए । बैठकको अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए ।

'प्रतिवेदनमा दोषीहरूलाई आफ्नो कारबाही र अपराधका भागिदार बनाउने सुझाव निष्कर्ष र सिफारिस छन्' सभापति थापाले भने । प्रतिवेदन१८ परिच्छेदमा छ । प्रतिवेदनमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।

छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । त्यसपछि समितिको प्रतिवदेन अन्तिम रुप दिइ हस्ताक्षर गर्न सोमबार बैठक बसेको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ १३:५७
x
×