कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

नेपालको शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने काम गर्दिनँ : प्रधानमन्त्री

भाद्र ३१, २०८१
नेपालको शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने काम गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र  नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेकोबारे प्रतिनिधिसभामा सोमबार जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भोलिका लागि सम्झेर आफूले काम गर्ने बताए । 'नेपालको शिर ढल्ने गरी नेपालको प्रभाव प्रतिष्ठा, हित तल पर्नेगरी काम गर्दिन ।हामीले गर्ने राजनीतिक भनेको देश र जनताका लागि हो । आजका लागि हो । भोलिको लागि हो' प्रधानमन्त्री ओलीले भने ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा यहाँका आन्तरिक प्रबृत्तिहरूहरूकोबारेमा नभइ समग्र राष्ट्रका कुराहरै पेश गरेन जानकारी दिए । उनले यसपटक जलवायु परिवर्तनका विषयहरूमा आफ्नो दृष्टिकोण पेश गर्ने उनले जानकारी दिए । 'यहाँका आन्तरिक प्रबृत्तिहरूबारे भाषा शैली र उत्तेजना र व्यवहारहरू लगेर त्यहाँ छरिने छैन,'क्याइमेटको विषयमा हाम्रो हिमालको के सम्बन्ध छ ? यो विश्वव्यापी समस्या हो । हामीले ध्यानदिनुपर्ने भनेको पिपुल र प्लानेट हुन् ।'

प्रकाशित : भाद्र ३१, २०८१ १४:४३
x
×