कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

संसद्‌मा माओवादी अवरोध हट्यो

भाद्र ३१, २०८१
संसद्‌मा माओवादी अवरोध हट्यो

काठमाडौँ — प्रमुख विपक्षी मा‌ओवादीले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा जाने र महत्वपूर्ण विधेयकहरू अघि बढाउनुपर्ने आवश्यकतालाई बोध गर्दै संसद्‌ सुचारू गर्न दिएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादीका शक्ति बस्नेतले पार्टीको धारणा राख्दै बैठक सञ्जालन गर्न दिने पार्टीको धारणा सुनाएका थिए ।

माओवादीले माओवादी जनयुद्धलाई हिंसा भनि एमाले नेता योगेश भट्टराईले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै सदन अवरोध गरेको गरेको थियो । तर माओवादीले सोमबार संसद् अधिवेशन नै अन्त्य हुने भएकाले आफ्नो धारणा राख्दै अवरोध हटाउने निर्णय गरेको हो ।'हिंसालाई असंसदीय शब्दको रुपमा नभइ अपमानजनक शब्दको रुपमा लिएका छौं । यो सरकारको विचार हो कि दलको विचार हो त्यसबारे जवाफ माग गर्छौं' बस्नेतले भने ।

प्रकाशित : भाद्र ३१, २०८१ १३:३९
x
×