कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

पर्यटन बोर्डको सीइओमा जोशी, रेग्मी र महतोको नाम सिफारिस

भाद्र २०, २०८१
पर्यटन बोर्डको सीइओमा जोशी, रेग्मी र महतोको नाम सिफारिस

काठमाडौँ — नेपाल पर्यटन बोर्डको सीइओमा तीन जनाको नाम सिफारिस गरिएको छ । बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट तीन जनाको नाम सीइओकालागि प्रस्ताव गरेको स्रोतले बतायो ।

प्रस्तावित नाममा पूर्वसीइओ दिपकराज जोशी, निवर्तमान सीइओ धञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो छन् ।

तीन जनाको नाम बोर्डको सञ्चालक समितिले आयोजना गरेको बिहीबारको बैठकबाट पर्यटन सचिव गणेश पाण्डे अध्यक्ष रहेको सञ्चालक समितिले बिहीबारै सीइओमा छनौट गर्नेछ ।

तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओबिहीन थियो । त्यहाँ सीइओ नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा सीइओकालागि दर्खास्त आव्हान गरेको थियो । ६४ जना कर्मचारी रहेको बोर्डको सीइओकालागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष संलग्न भएको र स्नातकोत्तर उत्तिर्ण गरेको मापदण्ड राखिएको थियो ।

बोर्डले सीइओकालागि गरेको विज्ञापनमा त्यहीका कर्मचारीहरु हिक्मतसिंह ऐर, श्रद्धा श्रेष्ठ, सन्तोषविक्रम थापा, लक्ष्मण गौतम र नविन पोखरेलले निवेदन दिएका थिए ।

त्यस्तै खुलातर्फ विजय नेपाल, पदम वन, ठाकुर देवकोटा, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर महतो,सुर्य बहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, दिपक बास्ताकोटी, चक्सु मल्ल, कमल डोधरी, रामचन्द्र सेढाई, रामराजा गिरिले आवेदन दिएका थिए । त्यस्तै बोर्डका निर्वतमान सीइओ डा. धन्ञ्जय रेग्मी र पूर्वसीइओ दिपकराज जोशीसहित २० जनाले निवेदन दिएका थिए ।

प्रकाशित : भाद्र २०, २०८१ १८:१८
x
×