कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

भाद्र २०, २०८१
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौँ — नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

तीन जनाको नाममाथि बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकमा छलफल गरी जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । जोशीले यसअघि पनि सीइओको रुपमा काम गरिसकेका छन् ।

तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओबिहीन थियो । त्यहाँ सीइओ नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा सीइओकालागि दर्खास्त आव्हान गरेको थियो । ६४ जना कर्मचारी रहेको बोर्डको सीइओकालागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष संलग्न भएको र स्नातकोत्तर उत्तिर्ण गरेको मापदण्ड राखिएको थियो ।

प्रकाशित : भाद्र २०, २०८१ १८:३८
x
×