कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजदूत समावेशी नभएकामा परराष्ट्रमन्त्रीले संसदीय समितिमा भनिन्, 'आई एम सरी'

भाद्र १८, २०८१
राजदूत समावेशी नभएकामा परराष्ट्रमन्त्रीले संसदीय समितिमा भनिन्, 'आई एम सरी'

काठमाडौँ — विभिन्न १७ मुलुकका लागि राजदूत सिफारिस गर्दा समावेशी र समानुपातिक नभएकोमा परराष्ट्रमन्त्री आरजू राणा देउवाले संसदीय समितिमा माफी मागेकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री राणाले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायको प्रतिनिधित्व गर्न नसकेकोमा क्षमा मागेकी हुन् ।

सांसदहरूले राजदूत समावेशी नभएको भन्दै परराष्ट्रमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा उनले भनिन्, 'राजदूत नियुक्ति समावेशी भएन, अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं । यसपटक समावेशी भएन, आई एम सरी !'

१७ मुलुकका लागि राजदूत प्रस्ताव गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट एक जना पनि सिफारिस नगरेको भन्दै सरकारमाथि प्रश्न उठेको छ । राजदूतहरूको सुनुवाइ चलिरहेको छ ।

परराष्ट्रमन्त्री राणाले दुई मुलुकमा राजदूत नियुक्तिका लागि ठाउँ खाली रहेको बताउँदै ती देशमा दलित र मुस्लिम समुदायबाट सिफारिस गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित : भाद्र १८, २०८१ १२:४३
x
×