कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

कांग्रेस बैठकमा शर्माको प्रस्ताव : सभापतिजीले त्याग गर्नुस्, नयाँ अनुहारलाई प्रधानमन्त्री बनाऔँ'

भाद्र १६, २०८१
कांग्रेस बैठकमा शर्माको प्रस्ताव : सभापतिजीले त्याग गर्नुस्, नयाँ अनुहारलाई प्रधानमन्त्री बनाऔँ'

Highlights

  • देउवालाई प्रधानमन्त्री नबन्न भन्दै विकल्पमा शर्माले दिए छ नेताको नाम

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा आफैंले अब प्रधानमन्त्री पद त्याग गर्नुपर्ने बताएका छन् । उनले सभापति देउवाले अब आफू प्रधानमन्त्री बन्न नहुने, बरू आफ्नै पुस्ताको अर्को कोही नेतालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर राजनेता बन्न प्रस्ताव गरे । 

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री शर्माले देउवाले नेपालको पाँचपटक प्रधानमन्त्री हुँदासम्म पार्टी र देशका लागि आफूले सक्ने सबै काम गरिसकेको भन्दै अब त्याग गरेर राजनेता बन्न सुझाव दिएका हुन् ।

उनले अबको प्रधानमन्त्रीका लागि आफ्नै पुस्ताका कोही नेतालाई अघि सार्न भन्दै छ जना नेताहरूको नाम समेत लिएका थिए ।

'सभापति देउवा अब प्रधानमन्त्री बन्नुहुन्नँ । अब उहाँले आफ्नै पुस्ताको अर्को कोही नेतालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुपर्छ l त्यसका लागि हामीसँग प्रतिनिधिसभामा एक से एक नेताहरू हुनुहुन्छ । हामीसँग डा. शेखर कोइराला हुनुहुन्छ । विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला र अर्जुननरसिंह केसी पनि हुनुहुन्छ,' महामन्त्री शर्माले बैठकमा भनेको उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'उहाँहरू पनि उत्तिकै अनुभवी र दक्ष पनि हुनुहुन्छ । उहाँहरुमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने- एक, सभापतिको त्याग देखिन्छ l दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, पार्टी र मुलुकको नेतृत्वमा नयाँ अनुहार हुन्छ ।'

प्रकाशित : भाद्र १६, २०८१ १८:५३
x
×