कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी बिरामीको मृत्यु

भाद्र १६, २०८१
नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी बिरामीको मृत्यु

काठमाडौँ — ललितपुर महानगरपालिका वडा नम्बर-२८ हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक जना बिरामीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गत अस्पतालमा उपचार गराइरहेकी बिरामी पुनमाया तामाङको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार काठमाडौं महानगरपालिका-८ की ६४ वर्षीया तामाङ गत साउन २४ गते अस्पताल भर्ना भएकी थिइन् । थाइराइडको क्यान्सरको उपचार गराइरहेकी तामाङ शनिबार अस्पतालको 'ए' ब्लकको तेस्रो तलाबाट हाम फालेकी थिइन् ।

त्यसपछि गम्भीर घाइते भएकी उनको अस्पतालकै आईसीयूमा उपचार भइरहेको थियो । एसपी सुवेदीका अनुसार उपचारका क्रममा आइतबार बिहान तामाङको मृत्यु भएको हो ।


प्रकाशित : भाद्र १६, २०८१ १३:२४
x
×