कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

सिमलतालमा बस र ट्रक ठोक्किए, केही यात्रु घाइते

भाद्र १६, २०८१
सिमलतालमा बस र ट्रक ठोक्किए, केही यात्रु घाइते

भरतपुर — नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार आइतबार बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

भण्डारीका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रु घाइते भएका छन् । अहिले प्रहरीले उद्धार गरिरहेको छ ।

प्रकाशित : भाद्र १६, २०८१ ०७:३१
x
×