कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालको शिक्षा प्रणाली सुधार गर्न सरकार चनाखो हुनुपर्ने अवस्था छ : अध्यक्ष नेपाल

भाद्र १५, २०८१
नेपालको शिक्षा प्रणाली सुधार गर्न सरकार चनाखो हुनुपर्ने अवस्था छ : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित बृहत् शैक्षिक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले शिक्षा प्रणाली सुधार गर्न सरकार चनाखो हुनुपर्ने अवस्था रहेको बताए ।

अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सिर्जना गर्ने कुरामा सरकार र सम्बद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले विश्वविद्यालयहरुलाई पनि समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए ।

अध्यक्ष नेपालले विद्यार्थी संगठनहरुले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरुको हित अनुकुल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग वहृत छलफल गर्नुपर्ने बताए । उनले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरुले जोड दिनुपर्ने आवश्यकता रहेकोमा समेत जोड दिए ।

अध्यक्ष नेपालले भने, ‘यहाँ अनेक माफियाहरुले चलखेल गरिरहेका छन् । नेपालको एजुकेशन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भइराखेको छ । ती सबै षड्यन्त्रहरुप्रति गम्भीर हुनुपर्ने आवश्यकता छ । र कसरी देशमा शिक्षा प्रणालीमा सुधार गर्ने हो ? दक्ष जनशक्ति तयार गर्ने हो ? योग्य जनशक्ति तयार गर्ने हो ? अब कुन-कुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरुलाई रोजगारी दिन सक्छौँ ? त्यसबारेमा हाम्रो तयारी हुनुपर्छ ।'

अध्यक्ष नेपालले सरकारी नीति र कानूनमा रहेका त्रुटिहरुलाई हटाएर पनि मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताए ।

प्रकाशित : भाद्र १५, २०८१ १२:५६
x
×