कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रैथाने बीउ र बालीको संरक्षण गरिनुपर्छ : प्रथम राष्ट्रपति यादव

भाद्र १५, २०८१
रैथाने बीउ र बालीको संरक्षण गरिनुपर्छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ — संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् ।

रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको शनिबार अवलोकन गर्दै उनले यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने बताए।

रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो । चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको उनले बताए।

चुरे क्षेत्रको संरक्षण नगरी सडकलगायत काम गर्दा नेपालमै राम्रो अन्न उत्पादन हुने तराई क्षेत्र उजाड बन्ने खतरा देखिन थालेकाले समयमै सचेत हुनुपर्नेमा प्रथम राष्ट्रपति यादवले सचेत गराए ।

पहिले गाउँगाउँमा जेटिए गएर कृषिकर्म गराउने गरेकामा अहिले त्यो व्यवस्थाको अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकाले बेलैमा सचेत हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : भाद्र १५, २०८१ १७:३३
x
×